बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक भएन : सभामुख घिमिरे

बुधबार, १७ साउन २०८०, १४ : ४९
बुधबार, १७ साउन २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् ।  

बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले आफूले केही महिना अघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भएपनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए । 

सभामुख घिमिरेले अहिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताए । उनले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गरे । अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उनले ठेकेदारहरुले नापेर निर्माणका काम गरिरहेको बताए । उनले निर्माणाधीन भवनका लागि भने भुक्तानी दिन कठिनाइ नरहेको बताए  ।

सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद् भवनबाट सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएपनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप