साउदीमा दुवै मिर्गौला फेल भएका साफी नेपाल फर्किए
काठमाडौँ । साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ । रोजगारीको सिलसिलामा साउदी पुगेका सर्लाहीका शिव चरण साफीलाई स्वदेश फर्काइएको हो ।
दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा रहेका साफीलाई विभिन्न सङ्घ संस्थाको सहयोगमा नेपाल पठाइएको हो ।
कम्पनीमा काम गर्ने क्रममा उनी बिरामी परेका थिए । अस्पताल भर्ना भएर परीक्षणको क्रममा उनका दुवै मिर्गौला फेल भएको पाइएको थियो । र उनलाई जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउनुपर्ने हुन्छ । त्यसका लागि साउदीमा सम्भव नभएपछि नेपाल पठाइएको हो ।
नेपाल पठाउनको लागि उनलाई अर्को समस्या आइपरेको थियो । उनको पासपोर्टको म्याद सकिएको थियो । जसले गर्दा उनी नेपाल आउन सक्ने अवस्थामा थिएनन् । साउदीमा रहेको नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट जारी गरिएको थियो ।
त्यसका लागि साउदीमा रहेको नेपाली साझा मञ्चले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उक्त संस्थाकै सक्रियतामा उनको उद्धार गरी नेपाल फर्काइएको हो । उपचारका लागि विभिन्न सङ्घ संस्थाबाट आर्थिक सहयोग समेत संलकन गरिएको र मञ्चले समेत आर्थिक सहयोग गरेको मञ्चका अध्यक्ष अन्जान गुभाजुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण