कर्णालीको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द, कृषि मन्त्री सिंहदरबार धाउँदै
बिहीबार, १८ साउन २०८०, १३ : ४९
सुर्खेत । सङ्घ सरकार मातहत रहेको कर्णालीको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द गएको छ ।
१५ साउनमा एक सूचना जारी गर्दै सेवा प्रवाह बन्द गरिएको जानकारी गराइएको थियो । पशुहरूमा लम्पी स्किन रोगको महामारी चलिरहेकै बेला प्रयोगशाला बन्द भएपछि कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले सिंहदरबार पुगेर पहल थालेका छन् ।
उनले सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई भेटेर प्रयोगशाला सञ्चालन गर्न आग्रह गरेका हुन् । लम्पी स्किन रोग कर्णालीमा नियन्त्रण भन्दा बाहिर जान थालेको समयमा प्रयोगशाला बन्द हुनुमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै शर्माले भुसालसँग प्रयोगशाला सञ्चालनका लागि बजेट व्यवस्थापन गरिनुपर्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण