सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

इन्दिरा जोशीको आइटम गीत ‘सेन्सेसन’मा आश्माको बोल्ड अवतार

सोमबार, १५ असार २०८३, १९ : ०५
सोमबार, १५ असार २०८३

काठमाडौँ । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘सेन्सेसन’ सार्वजनिक भएको छ । आइटम शैलीको यो गीतमा मनोज खड्काको शब्द रचना र कल्याण सिंहको संगीत छ । गोपाल रसाइलीले एरेन्ज गरेको गीतमा रामकृष्ण ढकालको समेत स्वर छ । 

आफ्नो जवानीले प्रेमपूर्वक सनसनी मच्चाउने भाव व्यक्त गर्ने गीतको भिडियोमा आश्मा विश्वकर्मा बोल्ड अवतारमा प्रस्तुत भएकी छन् । अभिनयमा उनलाई रोशन विश्वकर्माले साथ दिएका छन् । रोशनले नै निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र दिनसन शाहको सम्पादन तथा कलर संयोजन छ । निर्माता गीतकार मनोज खड्का हुन् ।

अन्तर्राष्ट्रिय विकास विज्ञ खड्काले यसअघि पाकिस्तानी उस्ताद गुलाम अली र उनका तीनपुस्ताको गायनमा ‘गजल उनकै गीत उनकै’, गाउँघरले सोध्यो परदेशीलाई’, ‘तेजस्वी अप्सरा’, ‘तिमी जे बन उदाहरण बन’ लगायत गीत रुचाइएका छन् । ‘सेन्सेसन’ गीत ‘ट्रिपल प्रोडक्सन हाउस’ युट्युब च्यानलमा रिलिज गरिएको छ । 

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप