विद्यार्थी फकाउन कलेज डुल्दै ‘ऐंचौ पैंचो’ टिम
काठमाडौंँ । आगामी भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म हो ‘ऐंचौ पैंचो’ । स्वस्तिमा खड्का, मुकुन भुषाल, सुशील सिटौला, वर्षा राउत, रमेश बुढाथोकी, बुद्धि तामाङ, रविन्द्र झा, कोशिस क्षेत्री, विशाल पहारीलगायतको अभिनय फिल्ममा छ ।
फिल्म युवा पुस्तालाई लक्षित गर्दै निर्माण गरिएको हो । त्यसैले पनि निर्माण युनिटले फिल्मको प्रचार कलेज लक्षित समेत गरेको छ । बिहीवार फिल्मका कलाकारहरु राजाराम पौडेल, सुशील सिटौला र शारदा गिरी ‘काली बुढी’ ले काठमाडौँको टेक्सास इन्टरनेशनल कलेजमा पुगेर फिल्मको प्रचार गरेका छन् ।
कलेजमा आयोजना भएको ओरेन्टेसन कार्यक्रममा सहभागी उनीहरुले विद्यार्थीसँग अन्तक्रिया गर्दै फिल्म हेर्न निम्तो समेत दिएका छन् । कार्यक्रममा तीनैजना कलाकारले फिल्ममा समावेश ‘काले केटाले’ गीतमा नृत्य समेत गरे । उनीहरुसँग सेल्फी र अटोग्राफ लिन विद्यार्थीहरुको भिड लागेको थियो ।
फिल्मलाई लिएर कलेजका विद्यार्र्थीहरुमा देखिएको उत्सुकता र चासोले आफू उत्साहित भएको अभिनेता सुशील सिटौलाले बताए । फिल्मको निर्देशन कृषा चौलागाइँले गरेका हुन् । केपी फिल्मस्को ब्यानरमा तयार भएको ‘ऐंचौ पैंचो’ प्रितम लामिछाने र आध्या लामिछाने निर्माण गरेका हुन् ।
अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण