शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

शुक्रबार, १९ साउन २०८०, ०७ : ४७
शुक्रबार, १९ साउन २०८०

काठमाडौं । तीज आउन अझै महिना दिन भन्दा पनि बढी बाँकी छ । तर तीजका गीत भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।

गीतमा विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको शब्द तथा संगीत छ भने एरेन्ज चाद सिंहले गरेका छन् । गम्भीर विष्टको निर्देशन÷कोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।

गीत सार्वजनिक कार्यक्रममा गायिका थापाले टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताइन् । यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको बताइन् । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको उनको धारणा रहेको छ ।

शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण एकै पटकमा गीत कस्तो छ भन्ने पनि नसोधी फाइनल गरेको रेजिनाले बताइन् । संगीतकार शम्भुजितले आफूले एउटा तीजमा एउटा मात्रै गीत गर्ने गरेको बताउँदै यो वर्षका लागि यो भिन्न गीत दिएको बताए ।

सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा, संगीतकार राजु सिह, समीर राई, दीपक शर्मा, शान्तिप्रिय, निर्मल शर्मालगायतको उपसिथ्ती थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप