न्यायाधीशका पिएसओको पेस्तोल चोरी, दुईजना पक्राउ
शनिबार, २० साउन २०८०, २२ : ०५

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशको सुरक्षामा खटिएका पिएसओको पेस्तोल चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय बासुदेव थामी र सिन्धुली घर भएका मेघबहादुर तामाङ छन् ।
असार ३१ मा प्रहरी नायव निरिक्षक (सई) प्रभाकर खड्कको घरबाट पेस्तोल चोरी भएको थियो । खड्का सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत हुन् । बौद्धस्थित खड्काको घरबाट पेस्तोल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
बौद्धस्थित शिव मन्दिर नजिकै लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रहरीले प्रयोग गर्ने पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन, कुन मन्त्रालयको बजेट खर्च कति ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा