झलनाथलाई राजनीतिबाट विश्राम लिन अध्यक्ष पराजुलीको सुझाव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा राखेको फरक मतप्रति सो पार्टी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले कटाक्ष गरेका छन् ।
अध्यक्ष पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता खनाललाई पहिला जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको जस्तो देख्ने र भन्ने गरेको भन्दै अहिले लामो समयपछि आफू नै शीर्ष भन्दा शीर्ष ठाउँमा बसेर आफूले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थालेको भन्दै यस्तो दृष्टिभ्रम कहिलेसम्म रहन्छ भनेर प्रश्न गरेका छन् ।
साथै उनले सम्मानमाथि उच्च सम्मान रहेकाले खनाललाई राजनीतिबाट विश्राम लिन सुझाव पनि दिएका छन् ।
‘जनताले सम्मानका साथ विश्राम लिनका लागि जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला जनताको आदेशलाई’, खनालप्रति लक्षित गर्दै पराजुलीले लेखेका छन्, ‘समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिनुहोस् । राजनीति पद प्राप्ति मात्र हो भन्ने भाष्य निर्माण हुँदैछ यसको गतिलो जवाफ अब तपाईँले दिनुहोस् ।’
पराजुलीले सदैव मुल नेतृत्वप्रतिको अविश्वास र फरक देखिने खनालको प्रवृत्तिले सम्मानित मर्यादालाई अधोगति लगाएको दावी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण