शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथलाई राजनीतिबाट विश्राम  लिन अध्यक्ष पराजुलीको सुझाव

आइतबार, २१ साउन २०८०, १५ : ०२
आइतबार, २१ साउन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा राखेको फरक मतप्रति सो पार्टी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले कटाक्ष गरेका छन् । 

अध्यक्ष पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता खनाललाई पहिला जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको जस्तो देख्ने र भन्ने  गरेको भन्दै अहिले लामो समयपछि आफू नै शीर्ष भन्दा शीर्ष ठाउँमा बसेर  आफूले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थालेको भन्दै यस्तो दृष्टिभ्रम कहिलेसम्म रहन्छ  भनेर प्रश्न गरेका छन् । 

साथै उनले सम्मानमाथि उच्च सम्मान   रहेकाले खनाललाई राजनीतिबाट विश्राम लिन सुझाव पनि दिएका छन् । 

‘जनताले सम्मानका साथ विश्राम लिनका लागि जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला जनताको आदेशलाई’, खनालप्रति लक्षित गर्दै पराजुलीले लेखेका छन्, ‘समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिनुहोस् । राजनीति पद प्राप्ति मात्र हो भन्ने भाष्य निर्माण हुँदैछ यसको गतिलो जवाफ अब तपाईँले दिनुहोस् ।’ 

पराजुलीले सदैव मुल नेतृत्वप्रतिको अविश्वास र फरक देखिने खनालको प्रवृत्तिले सम्मानित मर्यादालाई अधोगति लगाएको दावी गरेका छन् ।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप