सबै क्षेत्र मिलेर औद्योगिक र व्यवसायिक वातावरण बनाउनुपर्छ : चेम्बर
काठमाडौँ । मुलुकमा औद्योगिक एवं व्यवसायिक वातावरण सिर्जना गर्नका लागि सबै क्षेत्रको भूमिका उत्तिकै जिम्मेवार हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
पछिल्लो समय निजी क्षेत्र लक्षित केही भ्रामक समाचार फैलिएको र यसले उद्योगी व्यवसायीमा अनावश्यक भ्रम सिर्जना गरेको चेम्बरले उल्लेख गरेको हो ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको आर्थिक स्थायित्वका लागि लगानीमैत्री वातावरण बन्न आवश्यक छ ।’ उद्योग र व्यवसायको विकास मार्पmत आर्थिक समृद्धि एवं लगानीको वातावरण निर्माण गर्नु सबै क्षेत्रको दायित्व भएको चेम्बरको ठहर छ । मुलुकको आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका अग्रणी रहेको चेम्बरले उल्लेख गरेको छ ।
सोही यथार्थलाई थप जिम्मेवारीका साथ निर्वाह गर्न समेत चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आग्रह गरेका छन् । सञ्चार माध्यमको निष्पक्षतालाई निजी क्षेत्रले पथप्रदर्शकका रुपमा ग्रहण गर्ने उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण