यस्ता छन् एकीकृत समाजवादीको स्थायी कमिटी बैठकका निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तराईलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ । दुई दिन बसेको स्थायी कमिटी बैठकले तराईलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।
एकीकृत समाजवादीले बाढी पहिरोबाट प्रभावित जनताको उद्धार गरी राहत प्रदान गर्न माग गरेको छ । यस्तै बैठकले भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीहरुको खोजी तथा उद्धार कार्यमा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ ।
महासचिव घनश्याम भुसालले बैठकले लम्पी स्किन रोगबाट क्षति भोगेका किसानहरूलाई राहत दिन सरकारसँग माग गरेको बताए । पार्टी र जनसंगठनमा आबद्ध कतिपयले सामाजिक संजालमा अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने पाएको भन्दै उनले त्यस्तो गरेमा पार्टी विधान अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण