जनताको काममा जुट्न एमाले नेता गिरीको निर्देशन
बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले नेता कार्यकर्ताहरुलाई जनताको काममा जुट्न निर्देशन दिएका छन् । एमाले बर्दिया जिल्ला कमिटीले आइतबार आयोजना गरेको पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा गिरीले पार्टी स्थापनाको लक्ष्य उद्देश्यअनुसार जनताको काममा जुट्न निर्देशन दिएका हुन्।
बर्दिया जिल्ला इन्चार्जसमेत रहेका पूर्व लुम्बिनी प्रदेश मुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य गिरीले वर्गीय रुपमा पछाडि परेको वर्गको सुखमा मात्र होइन, दुःखमा सँगसँगै काँधमा काँध मिलाएर अघि बढ्न अनुरोध गरे । अहिले पार्टीभित्र अवसर मात्र खोज्ने काम नगर्ने परिपाटीको विकास भएको भन्दै उनले पद पाउनका लागि मात्र राजनीति नगर्न अनुरोध गरे ।
नेकपा एमाले बर्दिया जिल्ला कमिटीले साउन १५ गतेदेखि २२ गतेसम्म जिल्लाका आठवटै स्थानीय तहमा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
आइतबार बाँसगढी नगरपालिका स्तरीय प्रशिक्षण कार्यक्रम सकिएको छ भने सोमबार बढैयाताल गाउँपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा गिरीसँगै केन्द्रिय सदस्यहरु लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भिम केसी, खडकबहादुर खड्का तथा बर्दिया जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष शालिकराम अधिकारी र सचिव पदम ढकालले समेत प्रतिशत कार्यक्रमलाई सम्बोधन गर्दै आएको एमालेले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण