स्रोतमा नै फोहाेर वर्गीकरण कार्य पुनः सुरु गर्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा नै कुहिने र नकुहिने फोहाेर वर्गीकण गर्ने कार्य पुनः सुरु गर्ने भएको छ । सबै फोहोर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाँदा समस्या भएको भन्दै कामपाले कुहिने र नकुहिने फोहाेरलाई स्रोतमै वर्गीकरण गरी नकुहिनेलाई मात्रै लाने तयारी गरेको हो ।
कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार उत्पादन भएका सबै फोहाेर बञ्चरेडाँडासम्म पुर्याउँदा उक्त स्थानमा लिचड व्यवस्थापनदेखि अन्य विभिन्न समस्या सिर्जना भएको भन्दै पुनः स्रोतमा नै फोहोर छुट्याउने काम गर्न लागिएको हो ।
फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी घरघरमा नै कम्पोष्ट मल उत्पादन गरी फोहोर व्यवस्थापनको कार्यमा सहयोग गर्नेलाई कामपाले प्रोत्साहनस्वरुप (कम्पोष्ट मल उत्पादन गर्ने भाँडो) कम्पोष्ट बिन सहुलियत दरमा वितरण गर्नेसमेत प्रमुख श्रेष्ठले जानकारी दिए ।
फोहोर वर्गीकरण कार्यलाई कामपाले गत वर्ष पनि साउन एकदेखि सुरु गरेको थियो तर यसको कार्यान्वयन लामो समय टिकेन । कामपाको ३२ वटै वडामा सुरु गरेको उक्त कार्य सुरुमा केही दिन नगरवासीले घरबाट नै वर्गीकरण गरी ल्याउने गरे पनि अहिले सबै किसिमको फोहोर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ ।
कुहिने फोहोर उपत्यकामा नै व्यवस्थापन गर्ने भन्दै कामपाले गत फागुनमा टेकु ट्रान्सफर स्टेसनमा नै कुहिने फोहोरलाई मल बनाउने काम पनि सुरु गरेको थियो । कामपाका कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहोर ओसार्छन् ।
उपत्यकाको १८ पालिकाको फोहोर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका काम भइरहेको छ ।
विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था छ ।
ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण