न्यायाधीशमार्फत मुद्दा मिलाइदिने भन्दै साढे ३२ लाख झ्वाम
विराटनगर । काठमाडौँको नागार्जुन नगरपालिका–८ का राजेन्द्र खनालको अर्को ठगी गरेको घटना फेला परेको छ । खनाल र उनका छोरा विशाल खनाल यसअघि नै वल्र्ड टे«ड कन्स्ट्रक्सन कम्पनीका सञ्चालक पशुपति बराललाई ४५ लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
उनी पक्राउ परेसँगै ठगीका अन्य काण्ड पनि बाहिरिएको हो । खनालले सरिता केसीबाट पनि थप ३२ लाख ७० हजार रुपैयाँ ठगी गरेको पाइएको हो । प्युठान, स्वर्गद्वारी नगरपालिका–५ की केसीलाई खनालले जेलमा रहेका श्रीमान्को मुद्दा मिलाउन न्यायाधीशलाई घुस दिनुपर्ने भन्दै ३२ लाख ७० हजार लिएका हुन् ।
‘राजेन्द्र खनालका बाउछोराबाटै म ठगीमा परेँ,’ केसीले भनिन्, ‘गत साउन ४ गते मैले चेक काटेर रकम दिएको हुँ । त्यसपछि उल्टै मलाई मुद्दा हालेर तनाव दिए ।’
खनालले पैसा नलगेको भन्दै धम्क्याउने गरेको उनले सुनाइन् । ‘पैसा कहिले लगेको हो ? भनेर धम्क्याउन थालेपछि मैले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएँ । त्यसपछि राजेन्द्र खनालको छोरा विशालले २५ लाख ७० हजारको चेक दियो । तर, चेक बाउन्स भएपछि मैले चेक अनादरमा मुद्दा दर्ता गरेर उसको सम्पत्ति रोक्का गरेको छु,’ केसीले भनिन् ।
खनालले आफूसँग पैसा लिँदा गोकर्ण विष्टका दाइको छोरा सूर्य विष्ट पनि साथमै रहेको दाबी गरिन् । ‘म आफैँ सांसद हुँ भन्थ्यो । १७ लाख ५० हजार मुद्दा मिलाइदिने भनेर लगेको हो । १० लाख चाहिँ परिवारजस्तो सम्बन्ध भएको कारण आवश्यक भनेपछि लगेको हो । मलाई अमेरिका पठाउँछु भनेर ६ लाख लियो,’ उनले भनिन् ।
खनालले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख भन्दा बढी रकम ठगी गरेका थिए । उनले आफू अध्यक्ष रहेको अमरदीप सोसियल अर्गनाइजेसनको लेटरहेडमा सल्लाहकारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षकको रूपमा उल्लेख गरेका छन् ।
खनालसहित इन्दिरा लामिछानेले ठगी गरेको पीडितको भनाइ छ । लामिछाने भने अहिलेसम्म फरार छिन् । प्रहरीले लामिछानेलाई पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।
पीडित भनिएका वर्ल्ड टे«ड कन्स्ट्रक्सन कम्पनीका सञ्चालक पशुपति बरालले आफ्नो नाममा रहेको झापा दमक–३ स्थित ताराबारी डिपोमा करिब ४ बिगाहा जग्गामा रहेको अस्फाल्ट क्रस उद्योगसँग पटक पटक गरेर ४५ लाख लगेको बताए ।
खनालले लगेको बरालको ना ४ च ८६७० नम्बरको स्कारपियो गाडी भने काठमाडौँबाट प्रहरीले बरामद गरेको छ । ‘गाडीका पार्टपुर्जा काम नलाग्ने अवस्थामा भेटिएको छ,’ बरालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण