‘जुलेबी’ केही महिलाहरुको संघर्षको कथा हो–निर्देशक पाण्डे
काठमाडौँ । निर्देशक गणेशदेव पाण्डेले फिल्म ‘जुलेबी’ महिलाको संघर्ष कथा रहेको बताएका छन् । विभिन्न समयमा आफूसँग ठोकिएका महिला पात्रहरुलाई सम्झिएर फिल्मको कथा बनाएको उनको भनाई छ ।
‘‘जुलेबी’मा ७ जना पात्रहरुको व्यक्तिगत जीवनमा घटेका ५ घटनाहरुको कथा मिश्रण छ’, पाण्डेले भने ‘पात्रहरुबीत बन्ने सम्बन्धमा र भत्किने सम्बन्धको कथा नै फिल्म हो ।’
‘मालतीको भट्टी’, ‘मञ्जरी’, ‘गाँजाबाजा’ जस्ता अलग चर्चा योग्य फिल्म बनाएका पाण्डे केही वर्षपछि निर्देशनमा देखिएका हुन् । फिल्मको लेखन समेत पाण्डे आफैले गरेका हुन् ।
फिल्मको टे«लर हेरेपछि धेरैले फिल्मलाई यौन मनोविज्ञानको कथा समेत भनेका छन् । तर पाण्डे फिल्मलाई यौन मनोविज्ञानमा आधारित भन्न नमिल्ने बताउँछन् ।
‘यो यौन मनोविज्ञानमा आधारित फिल्म हुँदै होइन’, उनले अगाडि भने ‘फिल्ममा एउटा पार्टका रुपमा ‘इन्टिमेट सिन’हरु छ ।’
फिल्ममा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, मोनिका थापा, तुफान थापा लगायतको अभिनय रहेको छ । फिल्ममा पुरुष पात्रले महिलाप्रति राखेको आकर्षण फरक–फरक तरिकाले देखाइएको पाण्डे सुनाउँछन् । उनी भन्छन्, ‘जुलेबी’ राम्रो व्यापार गर्ने सम्भावना बोकेको फिल्म हो । राम्रो कन्टेन्टमा फिल्म बनाएका छौं । दर्शकलाई फिल्मबारे जानकारी दिन सकियो भने राम्रो हुन्छ ।’
आभा शर्मा नेपालले निर्माण गरेकी फिल्म आगामी भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण