विभिन्न जिल्लाबाट लागु औषधसहित आठजना पक्राउ
काठमाडौँ । कैलाली, बर्दिया र तनहुँबाट लागु औषधसहित आठजना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१४ खुटियाघाटबाट अवैध लागुऔषध चरेश ४ किलो ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्युठान लुङ गाउँपालिका–७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम (पश्चिम) बासिकोट गाउँपालिका–७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीकै गोदावरी नगरपालिका– ४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित डोटी जोरायल गाउँपालिका–२ बस्ने २८ वर्षीय मिन बहादुर मालीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय अरूण चौधरी समेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान साइकल प्रहरीले बरामद गरेको छ ।
तनहुँ, ब्यास नगरपालिका–४ भोर्लेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ९ सय ग्रामसहित सोही नगरपालिका–१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्रबहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण