नेटवर्किङ आरोपमा तीन कम्पनीमा इटहरी उपमहानगरले लगायो ताला
इटहरी । इटहरीमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउने इटहरीका ३ वटा कम्पनीमा इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ । इटहरीलाई केन्द्रबिन्दु बनाएर अबैध रुपमा सन्चालनमा ल्याएको कम्पनीहरुमा उपमहानगरले अनुगमनको क्रममा ताला लगाएको हो ।
इटहरीका मेयर हेमकर्ण पौडेलले अबैध रुपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधरणलाई ठगी गर्ने गरेको भन्दै कम्पनीमा ताला लगाएर कम्पनीका सन्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए । नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको भन्दै उजुरी परेको कारण अहिले उपमहानगरले अभियानकै रुपमा अनुगमन गरिरहेको छ ।
इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो । ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरुले गरिरहेको पाइएको छ ।
कम्पनीहरुले इजाजत एउटाको लिने काम अर्कै गर्ने गरेको पाइएको अनुगमन समितिकी संयोजक उपमेयर संगिता चौधरीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण