लुम्बिनी प्रदेशमा साना उद्योग : एक वर्षमा ५ हजार भन्दा बढी दर्ता
बुटवल । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ५ हजार १४१ उद्योग दर्ता भएका छन् । प्रदेशमा रहेका १२ जिल्लाभित्र साना, घरेलु तथा लघु गरी ५ हजार १४१ उद्योग लुम्बिनी प्रदेशमा दर्ता भएका छन् ।
लुम्बिनी प्रदेश उद्योग मन्त्रालय पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार यहाँ साना उद्योग ५ हजार १३४, घरेलु उद्योग २ र लघु उद्योग ५ दर्ता भएका छन् । ती उद्योगबाट १९ हजार ९३६ जनाले रोजगारी पाएको मन्त्रालयको तथ्याङ्क छ ।
रोजगारी पाउनेमा ११ हजार पुरुष भने ८ हजार महिला रहेका छन् । यसमा महिला र पुरुष उद्योगी सङ्ख्या उस्तै उस्तै देखिन्छ । पुरुष २८३० रहेका छन् भने महिला २७२३ उद्योगी रहेका छन् ।
तर, लुम्बिनी प्रदेशमा जसरी साना उद्योग दर्ता भएका छन्, त्यसै गरी उद्योग बन्द गर्ने सङ्ख्या पनि पनि रहेको छ ।
प्रदेशमा यो आर्थिक वर्षमा १३ सय उद्योगले लगतकट्टा गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष जमशेर अलि मियाँ कोरोना कारणले देखिको आर्थिक मन्दीका बीच पनि केही साना उद्योग सञ्चालन गरेर बजारलाई चलायमान बनाउन थालेको सङ्केत देखिएको बताए ।
उनले भने, ‘ठुला उद्योग गर्दा धेरै जोखिम, नीति, बजार आदि कारणले त्यो भन्दा साना उद्योग चलाऊँ, डुबे पनि थोरै डुब्छ भन्ने अवस्थामा उद्योगी पुगेका छन् ।’
बुटवलकी महिला उद्योगी मञ्जु भुसालले पछिल्लो समय महिलालाई पनि उद्योगी बन्ने वातावरण बन्दै गएको कारण प्रदेशमा महिला उद्यमीले उद्योग दर्ता गर्ने क्रम वृद्धि भएको बताइन् । उनले बैंक, सरकारी नीति पनि महिला उद्योगीलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने बताइन् ।
कुन जिल्ला कति उद्योग दर्ता ?
लुम्बिनी प्रदेशको उद्योग मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा जिल्लागत उद्योग दर्ताको विवरणअनुसार हेर्दा सबैभन्दा धेरै रुपन्देहीमा ११३० उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम प्युठानमा जम्मा ६३ उद्योग दर्ता भएका छन् ।
त्यस्तै, नवलपरासीमा ५२७, कपिलवस्तुमा ६५८, दाङमा ७४२, बाँकेमा ८७६ तथा बर्दियामा ३९५ उद्योग दर्ता भएका छन् ।
उता, पाल्पामामा ५ वटा लघु उद्योग र २०८ साना उद्योग गरी जम्मा २१३ दर्ता भएका छन् । पहाडी जिल्लामध्ये पाल्पा धेरै उद्योग गर्दा भएको जिल्ला देखिन्छ ।
यस्तै गुल्मीमा २ वटा घरेलु र १११ वटा साना उद्योग गरी ११३ वटा, अर्घाखाँचीमा १५० वटा साना उद्योग दर्ता भएका छन् । रोल्पामा १३१, रुकुम पूर्वमा १४३ वटा उद्योग दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण