‘मेरो भ्वाईस यूनिर्भस’ र ‘मेरो डान्स यूनिर्भस’ फाइनल भदौ २ मा हुने
काठमाडौँ । १ करोड पुरस्कार भएको दुई रियालिटी सो ‘मेरो भ्वाईस यूनिर्भस’ र ‘मेरो डान्स यूनिर्भस’को फाइनल अगामी २ भदौमा हुने भएको छ । आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशन राजधानीमा एक कार्यक्रम गर्दै फाइनल ललितपुरको गोदावारीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने जानकारी दिइएको हो ।
कार्यक्रममा ‘मेरो भ्वाईस यूनिर्भस’ तर्फ छनौट भएका उत्कृष्ट ५ र ‘मेरो डान्स यूनिर्भस’ तर्फको उत्कृष्ट ६ प्रतियोगी सार्वजनिक गरियो । ३० एपिसोड प्रसारण भएको ‘मेरो भ्वाईस यूनिर्भस’ टप फाईभमा सिक्कमबाट शिशिर ठटाल र प्रितम राई, दार्जलिङबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाई छन् ।
त्यसैगरि ‘मेरो डान्स यूनिभर्स’ तर्फ मिङा डि लेप्चा सिक्किम, खुसी कार्की थाइल्यान्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर, साजन गुरुङ र स्वस्तिक अर्याल छन् । यी दुवै रियालिटी शोमा प्रमुख बिजेताले १ करोड पाउनेछन् भने उप– विजेताले ३० लाख र तेस्रो हुनेले २० पुरस्कार जित्नेछन् ।
विश्वभर रहेका रहेका नेपालीहरुलाई सांस्कृतिक माध्यमबाट एक जुट बनाउने उद्देश्य रहेको शोका निर्देशक एलन श्रेष्ठ हुन् ।
दुई रियालीटि शो मध्य डान्स तर्फ मिथिला शर्मा, शंकर विसी, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई निर्णायक र गेष्ट निर्णायकमा ऋचा शर्मा छन् भने होस्टमा नरेश भट्टराई र सुनिता गुरुङको छ ।
मेरो भ्वाईस तर्फ दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा निर्णायक र रीमा विश्वकर्मा र सन्दीप क्षेत्री होस्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण