जयाप्रदालाई ६ महिनाको जेल सजाय
चेन्नई । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयाप्रदालाई चेन्नईको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ ।
यो मुद्दा रोयापेट्टामा रहेको उनको आफ्नै थिएटरसँग सम्बन्धित छ, जहाँ कर्मचारीहरूले उनीविरुद्ध निवेदन दिएका थिए । अदालतले यस सम्बन्धमा जयाप्रदालाई ५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।
एक रिपोर्टका अनुसार जयको यो थिएटर उनको व्यापारिक साझेदार राम कुमार र राजा बाबुले हेर्ने गरेका थिए। थिएटरले आफ्ना कर्मचारीहरूलाई ईएसआई (कर्मचारी राज्य बीमा निगम) दिन नसकेपछि सबै कर्मचारी अदालत गएका थिए।
यद्यपि जयाप्रदाले मुद्दा खारेज गर्न अदालतमा अपील गर्दै आफ्ना कर्मचारीहरूलाई पूरा रकम दिने वाचा गरेकी थिइन् । तर श्रम सरकारी बीमा संस्थानका वकिलले उनको अपीलमा आपत्ति जनाएका थिए ।
यो मुद्दामा जयप्रदा र यस थिएटरसँग सम्बन्धित अन्य तीन जनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ । सबैलाई ५ हजार जरिवाना समेत तिर्न भनिएको छ । तर, अहिलेसम्म यस मुद्दामा जयप्रदा पक्राउ परेकी छैनन् ।
जया ७० र ८० को दशकमा बलिउड र तेलुगु सिनेमाको प्रतिष्ठित स्टार थिइन्। इन्डस्ट्रीमा उनलाई श्रीदेवीजस्ता महिला सुपरस्टारसँग तुलना गरिन्थ्यो । दुवै एक अर्काका प्रतिस्पर्धी थिए ।
बलिउडमा जयाले तोहफा, शराबी, आखरी रास्ता, आज का अर्जुन र थानेदार जस्ता धेरै हिट फिल्म दिएकी थिइन् । उनले सन् १९९४ मा चलचित्र छोडेर राजनीतिमा लागेकी थिइन् ।
जयाप्रदाले समाजवादी पार्टीबाट दुई पटक लोकसभामा रामपुरबाट प्रतिनिधित्व गरिसकेकी छिन् । उनी सन् २००४ र २००९ मा रामपुर सिटबाट सांसद निर्वाचित भएकी थिइन् । यसपछि उनले २०१४ र २०१९ मा रामपुर सिटबाट पुनः चुनाव लडिन् तर दुवै पटक पराजित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण