सातामा प्रतितोला ११ सयले घट्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ११ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो । यस्तै, सो अवधिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो । जुन, ११ सयले घटेर यो साताको शुक्रबार कारोबारमा आएको छ ।
हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो । यो साताको आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्नुबाहेक अन्य दिन घटिरह्यो ।
सोमबार १०० रुपैयाँले घटेको थियो भने मंगलबार ३०० र बुधबार १०० रुपैयाँले घटेको थियो । यस्तै, बिहीबार तोलामा ७०० रुपैयाँ र शुक्रबार २०० रुपैयाँले घट्दा साताभरमा ११ सय रुपैयाँले घटेको हो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर १३ सय ७५ रुपैयाँ प्रतितोला कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण