मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घीयता विरोधी शक्तिहरू फेरि सल्बलाउन थाले : अध्यक्ष यादव

शनिबार, २७ साउन २०८०, २३ : ०७
शनिबार, २७ साउन २०८०

बारा । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् । 

बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले सङ्घीयताका लागि पहलकदमी गर्ने पार्टी खासगरी तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट सङ्घीयता नै समाप्त पार्ने खेल भइरहेको टिप्पणी गरे ।

उनले राज्यबाट आन्दोलनको क्रममा भएका सबैखाले घटना, राजनीतिक मुद्दा फिर्ता लिइसकेको विषयलाई उजागार गरी आफू र जनता समाजवादी पार्टीलाई लक्षित गरी गौर घटना पुनः कोट्याएको आरोप लगाए ।

तराई मधेसमा ५३ प्रतिशत मधेसी समुदायको सङ्ख्या रहे पनि वर्तमान सरकारले १३ प्रतिशतमात्र बजेट दिएर मधेसप्रति अन्याय गरेको भन्दै अध्यक्ष यादवले अधिकारका लागि सबै मधेसी जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले पार्टीलाई मजबुत बनाई नयाँ शिराबाट अगाडि बढाउन टोल–टोलमा सङ्गठन विस्तारको काममा जुट्न नेता एवं कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, राजनीतिक समितिका सदस्य, प्रदेशका पदाधिकारी, जिल्लास्तरीय, क्षेत्रस्तरीय नेताको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप