एउटै गीत नेपाली भाषासहित ६ मातृभाषामा निर्माण
काठमाडौँ । गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीत नेपाली भाषासहित ६ मातृभाषामा निर्माण गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर ६ मातृभाषामा ल्याएका हुन् । गीतमा शब्द र संगीत पनि टंककै छ ।
उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य हो । भिडियो पनि सातवटै बनेको छ । भिडियोमा राहुल शाह र समिश्रिका परियारको नृत्य एवं अभिनय छ । थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंमले अभिनय गरेका छन् ।
टंकले आफूले एक वर्षदेखिको मिहिनेतबाट गीत सार्वजनिक गर्न सफल भएको बताए । उनले सबै भाषाको ज्ञान आफुमा नहुँदा धेरै समय लागेको सुनाए । ‘नेपालमा रहेको विभिन्न भाषालाई प्रवर्द्धन गर्नकै लागि आफूले सानो कदम चालेको हो’ उनले थपे ।
सो म्युजिक भिडियोको भिडियो निर्देशक राहुल शाह हुन् भने छायांकन र सम्पादन पवन सुस्लिङको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण