एउटै गीत नेपाली भाषासहित ६ मातृभाषामा निर्माण

काठमाडौँ । गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीत नेपाली भाषासहित ६ मातृभाषामा निर्माण गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर ६ मातृभाषामा ल्याएका हुन् । गीतमा शब्द र संगीत पनि टंककै छ ।
उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य हो । भिडियो पनि सातवटै बनेको छ । भिडियोमा राहुल शाह र समिश्रिका परियारको नृत्य एवं अभिनय छ । थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंमले अभिनय गरेका छन् ।
टंकले आफूले एक वर्षदेखिको मिहिनेतबाट गीत सार्वजनिक गर्न सफल भएको बताए । उनले सबै भाषाको ज्ञान आफुमा नहुँदा धेरै समय लागेको सुनाए । ‘नेपालमा रहेको विभिन्न भाषालाई प्रवर्द्धन गर्नकै लागि आफूले सानो कदम चालेको हो’ उनले थपे ।
सो म्युजिक भिडियोको भिडियो निर्देशक राहुल शाह हुन् भने छायांकन र सम्पादन पवन सुस्लिङको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार