शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्तिको कार्यक्रम सम्पन्न

आइतबार, २८ साउन २०८०, १३ : ५२
आइतबार, २८ साउन २०८०

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरिएकोे छ ।

यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरू सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत् कार्यक्रम आयोजना गरेको थियो । 

यस कार्यक्रममा मकवानपुर जिल्ला बाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए.  ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद  रु १०,००१  प्रदान गरिएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा रु. ५०००, दोस्रो हुनेलाई रु. ३५००, तेस्रो हुनेलाई रु. २५०० का साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप