रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्तिको कार्यक्रम सम्पन्न
काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरिएकोे छ ।
यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरू सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत् कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रममा मकवानपुर जिल्ला बाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद रु १०,००१ प्रदान गरिएको थियो ।
यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा रु. ५०००, दोस्रो हुनेलाई रु. ३५००, तेस्रो हुनेलाई रु. २५०० का साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण