मदन भण्डारी राजमार्ग अवरुद्ध
आइतबार, २८ साउन २०८०, १४ : ३९
कटारी । अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्णरुपमा अवरुद्ध छ । “वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ”, उनले भने । पहिरोले ५० मिटरभन्दा बढी सडक बगाएको छ ।
सडक अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनलाई गाईघाटदेखि लहानहुँदै, बर्दिवासतर्पm पठाउन थालिएको छ । यस्तै पश्चिमबाट पूर्वतर्फ आएका सवारीसाधनलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पठाउन थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण