नोबेलको न्युरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइँदै
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरू अब दूरबिनको माध्यमबाट गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ ।
यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता मेरुदण्ड सम्बन्धीको शल्यक्रिया दूरबिनको माध्यमबाट गरिनेछ । यसका लागि आवश्यक समन्वय र सहकार्य गर्न नोबेल अस्पतालले दक्षिण कोरियाको डेजियन युरी अस्पतालसँग सम्झौता गरेको छ । दक्षिण कोरिया पुगेका नोबेल अस्पतालका उपनिर्देशक एवं न्युरो विभाग प्रमुख वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्लेले सम्झौता गरेका हुन् । सम्झौता पत्रमा नोबेलको तर्फबाट डा.काफ्ले र युरी अस्पतालको तर्फबाट अध्यक्ष चिओल वुङ पार्कले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब युरी अस्पतालका वरिष्ठ चिकित्सकहरूले नोबेल अस्पतालका चिकित्सकहरूलाई ‘इण्डोस्कोपि स्पाइन सर्जरी’ सम्बन्धी विश्वकै नयाँ प्रविधिको प्रयोगका विषयमा सहजीकरण गर्नेछन् । त्यस्तै, दुवै अस्पतालका चिकित्सकबीच अनुभव आदानप्रदान गर्ने गरी पनि सम्झौता भएको नोबेल अस्पतालका महानिर्देशक दिपेश राईले जानकारी दिए ।
दूरबिनको माध्यमबाट गरिने मेरुदण्डको शल्यक्रियाका लागि कोरियाको युरी अस्पताल विश्वकै प्रसिद्ध मानिन्छ । नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड लगायत देशबाट पनि सो अस्पतालमा नयाँ प्रविधिको अनुभव हासिल गर्न चिकित्सकहरू जाने गरेका छन् । सोही अस्पतालसँग सहकार्य गरेर नोबेलले मेरुदण्ड सम्बन्धी शल्यक्रियामा नयाँ प्रविधिको प्रयोग गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण