संघीयताको मर्मअनुसार निजामती कर्मचारी ऐन बन्छ : सभामुख
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताको मर्मअनुसार निजामती कर्मचारीसम्वन्धी ऐन बनाउन लागिएको बताएका छन् ।
उनले प्रदेशलाई बलियो बनाउने गरी ऐन, कानुन निर्माण गर्ने कुरामा प्रदेशसभा सदैव सचेत रहेको बताउँदै संघीयताको मर्मअनुसार लुम्बिनी प्रदेशवासीको हित हुने गरी कानुन बनाउनेमा सभा प्रतिबद्ध रहेको पनि बताए ।
प्रदेश निजामती सेवाको गठन, संचालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयकमाथि प्रदेश मामिला तथा कानुन उपसमितिले आइबार देउखुरीमा आयोजना गरेको विज्ञ तथा सरोकारवालाबीच गरिएको छलफल कार्यक्रममा सभामुख घर्ती मगरले उक्त धारणा राखेका हुन् ।
प्रदेशमा दक्ष जनशक्ति तयार नहुँदासम्म संघको कर्मचारी आवश्यक पर्ने तर प्राथमिकता प्रदेशवासीलाई नै दिइने गरी ऐन बनाउने उनले बताए ।
कार्यक्रममा प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले समितिले निकै मेहनत गरी मस्यौदालाई अन्तिम रुप दिन लागेको बताउँदै ऐनमा सबै प्रकारका कर्मचारीहरुलाई सम्वोधन गर्ने बताए ।
उपसमितिका संयोजक भोजप्रसाद श्रेष्ठले विधेयकको बारेमा जनस्तर सम्मबाट सुझावको अपेक्षा गरिएको बताए । समितिका सदस्य निमा गिरीले विधेयकको विषयमा गहन छलफल गरिएको र यसलाई अन्तिम रुप दिन लागिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण