फिल्म ‘प्रस्थान’ निर्माण हुने
काठमाडौँ । फिल्म ‘प्रस्थान’ निर्माण हुने भएको छ । अभिनेता तथा निर्माता हसनराजा खानले आफ्नै निर्माण निर्देशनमा यो फिल्म बनाउन लागेका हुन् ।
वैदेशिक रोजगारीको कथामा निर्माण हुने यो फिल्म खानले अमेरिकामा आयोजना भएको ‘छैटौँ ग्लोबल नेपाली फिल्म अवार्ड’ मा घोषणा गरेका हुन् । हसनले यसअघि फिल्म ‘रोमियो’ बनाएका थिए । कार्यक्रममा ‘प्रस्थान’ को काम सुरु भएको समेत उनले जानकारी दिए ।
फिल्मको छायाङ्कन दुबई र नेपालमा हुनेछ । हसन लामो समयदेखि व्यवसायको सिलसिलामा दुबईमा छन् । यो फिल्मको निर्माणमा दुबइको कम्पनी किव्रा इभेन्ट्सले समेत सहकार्य गर्नेछ ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने नेपालीहरूको कथामा बन्ने फिल्मलाई ३ करोड बजेटमा तयार गर्ने हसनले बताए । उनका अनुसार, फिल्मलाई हिन्दी भाषामा समेत डब गर्ने तयारी गरिएको छ ।
हसनले यसअघि नायक आर्यन सिग्देललाई लिएर फिल्म ‘अलबिदा’ निर्माण गरेका थिए । यस्तै, फिल्म ‘रोमियो’ मा उनले निर्माण तथा अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण