डेंगु प्रकोपः १४ हजारभन्दा धेरैमा सङ्क्रमण, १० को मृत्यु
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को आँकडा अनुसार गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार ३५७ जना पुगेको हो । सङ्क्रमणबाट हालसम्म १० जना सङ्क्रमितको मृत्यु भएको छ ।
डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिएको छ । जसमध्ये सबै भन्दा धेरै सुनसरी जिल्लामा सङ्क्रमण पुष्टि भएको छ । सुनसरीमा ७ हजार ४४९ जनामा सङ्क्रमण पुष्टि हुँदा मोरङमा १ हजार ६७६ जनामा पुष्टि भएको छ । यस्तै, धादिङ जिल्लामा १ हजार ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१३, काठमाडौँमा १९९, सङ्खुवासभामा १७६, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा सङ्क्रमण पुष्टि भएको छ । यस प्रदेशमा १० हजार ८१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बागमती प्रदेशमा २ हजार ९ जनामा पुष्टि हुँदा गण्डकी प्रदेशमा ६०३ जनामा पुष्टि भएको छ । यस्तै क्रमशः सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेस प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण