‘चौथो साधना म्युजिक रिवार्ड २०८०’ को उत्कृष्ट मनोनयनलाई प्रमाणपत्र वितरण
काठमाडौँ । नेपालकै पहिलो रिवार्डको रूपमा स्थापित भएको ‘चौथो साधना म्युजिक रिवार्ड– २०८०’ को उत्कृष्ट मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । संघीय राजधानी काठमाडौँमा आयोजित एक समारोहकाबीच उत्कृष्ट मनोनयनलाई प्रमाण पत्र दिइएको हो ।
कार्यक्रममा वरिष्ठ गायक, सङ्गीतकार तथा फिल्म निर्देशक नारायण रायमाझी, वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ साहित्यकार लेखक दामोदर पुडासैनी, वरिष्ठ रंग पत्रकार शान्ति प्रिय, चित्रकार सङ्गीतकार ज्योतिप्रकाश, गीतकार सुमन वैरागी, फिल्म निर्देशक माधव खरेल लगायतका व्यक्तित्वले उत्कृष्ट मनोनयनलाई प्रमाण पत्र प्रदान गरे ।
नेपाली गीत संगीतका श्रृजना तथा स्रष्टालाई सामन गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको समारोहमा सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले बताइन् ।
साधना म्युजिक रिवार्ड पहिलो र दोस्रो संस्करण अवार्डको रूपमा रहेको थियो भने तेस्रोदेखि भने रिवार्ड भएको हो । यस पटकको रिवार्डमा लोकदोहोरी तर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पप तर्फ शब्द, सङ्गीत, गायक, गायिका मोडलमा पुरुष र महिला रहेका छन् ।
त्यस्तै अन्य विधा भिडियो निर्देशक, छायाकार, दृश्य सम्पादक, एरेन्जर गरि १९ विधा रहेका छन् । कार्यक्रममा सम्मान तथा दीर्घ साधना सम्मान रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण