उच्चस्तरीय छानबिन समिति बनाउन मोटामोटी सहमति, कार्यविधि बनाउन तीन नेतालाई जिम्मा
काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच मोटामोटी सहमति भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन मोटामोटी सहमति भएको हो । बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पद गिरीले बताए ।
तर त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उनले बताए । यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी भोलि बिहान ११ बजेसम्मको समय दिइएको छ । त्यसलाई अन्तिम रुप दिएर २ बजे शीर्ष तहको बैठक बस्ने सहमति भएको छ । गिरीले सरकारले छानबिन समिति बनाउन तयार भइसकेकाले संसद खुल्न सक्ने बताए ।
कांग्रेस नेता रमेश लेखकले बैठकमा सकारात्मक छलफल भएको बताए । उनले सबै विकल्प र सम्भावनाहरुमा छलफल भएको जानकारी लिए । ‘भोलि बसेर सबै विषय टुंग्याउँछौँ । सकारात्मक छलफल सौहार्दपूर्णरुपमा छलफल भएको छ । भोलिको संसद चल्छ’ लेखकले भने ।
रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सहमति बनेको बताए। ‘नेताहरुलाई त्यसबारे ड्राफ्ट गर्न जिम्मा दिइएको छ। भोलि सबै विषय टुंगिन्छ । भोलि संसद खुल्नेमा पनि विश्वस्त छु ’ लामिछानेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण