बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय दलको बैठक

उच्चस्तरीय छानबिन समिति बनाउन मोटामोटी सहमति, कार्यविधि बनाउन तीन नेतालाई जिम्मा

सोमबार, ०४ भदौ २०८०, २३ : ३५
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच मोटामोटी सहमति भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन मोटामोटी सहमति भएको हो । बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पद गिरीले बताए । 

तर त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उनले बताए । यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी भोलि बिहान ११ बजेसम्मको समय दिइएको छ । त्यसलाई अन्तिम रुप दिएर २ बजे शीर्ष तहको बैठक बस्ने सहमति भएको छ ।  गिरीले सरकारले छानबिन समिति बनाउन तयार भइसकेकाले संसद खुल्न सक्ने बताए । 

कांग्रेस नेता रमेश लेखकले बैठकमा सकारात्मक छलफल भएको बताए । उनले सबै विकल्प र सम्भावनाहरुमा छलफल भएको जानकारी लिए । ‘भोलि बसेर सबै विषय टुंग्याउँछौँ । सकारात्मक छलफल सौहार्दपूर्णरुपमा छलफल भएको छ । भोलिको संसद चल्छ’ लेखकले भने । 

रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सहमति बनेको बताए। ‘नेताहरुलाई त्यसबारे ड्राफ्ट गर्न जिम्मा दिइएको छ।  भोलि सबै विषय टुंगिन्छ । भोलि संसद खुल्नेमा पनि विश्वस्त छु ’  लामिछानेले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप