शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ओली भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा

मङ्गलबार, ०५ भदौ २०८०, ११ : २८
मङ्गलबार, ०५ भदौ २०८०

 काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न थम्पसन मंगलबार बिहान ओलीको निजी निवास बालकोट पुगेका हुन्। 

 राजदूत थम्पसनसँगको भेटपछि अध्यक्ष ओलीले बालकोट पेजमा भेटघाटको तस्बिर राख्दै शिष्टाचार भेटघाट भएको जनाएका छन् । भेटमा दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप