आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आज रेखाको जन्मदिन, कति वर्ष पुगिन् ?

मङ्गलबार, ०५ भदौ २०८०, ११ : ४१
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । अभिनेत्री रेखा थापाले मंगलबार आफ्नो ४१ औँ जन्मदिन मनाउँदै छिन् । साथीभाइ, कलाकर्मी, समकक्षी लगायतले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

२०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । फिल्म ‘हिरो’बाट अभिनय यात्रा सुरु गरेकी उनको पछिल्लो समय अभिनेत्री, निर्माता हुँदै निर्देशकसम्मको परिचय छ । रेखा सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी हुन् । २ सय हाराहारी फिल्म अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् ।

बेलाबेला विवादमा समेत आउने गरी उनले केही वर्ष अगाडि बलराम शाहीसँग विवाह गरेकी हुन् ।

अभिनयको अलवा राजनीति पनि सक्रिय उनी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पार्टीमा छिन् । गत मंसिरको निर्वाचनमा सांसदको उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन् । 

रेखा अहिले उपहार नामक फिल्म निर्माण अभिनयमा तरखरमा छिन् ।  ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्ममा छायाँंकनको तयारीमा छ । 

फिल्ममा मिस्टर नेपाल समर्पण । पूजा शर्मा, मुकुन भुसाल लगायतको अभिनय रहनेछ ।  प्रेमकथामा बन्न लागेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप