आज रेखाको जन्मदिन, कति वर्ष पुगिन् ?
काठमाडौँ । अभिनेत्री रेखा थापाले मंगलबार आफ्नो ४१ औँ जन्मदिन मनाउँदै छिन् । साथीभाइ, कलाकर्मी, समकक्षी लगायतले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।
२०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । फिल्म ‘हिरो’बाट अभिनय यात्रा सुरु गरेकी उनको पछिल्लो समय अभिनेत्री, निर्माता हुँदै निर्देशकसम्मको परिचय छ । रेखा सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी हुन् । २ सय हाराहारी फिल्म अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् ।
बेलाबेला विवादमा समेत आउने गरी उनले केही वर्ष अगाडि बलराम शाहीसँग विवाह गरेकी हुन् ।
अभिनयको अलवा राजनीति पनि सक्रिय उनी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पार्टीमा छिन् । गत मंसिरको निर्वाचनमा सांसदको उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन् ।
रेखा अहिले उपहार नामक फिल्म निर्माण अभिनयमा तरखरमा छिन् । ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्ममा छायाँंकनको तयारीमा छ ।
फिल्ममा मिस्टर नेपाल समर्पण । पूजा शर्मा, मुकुन भुसाल लगायतको अभिनय रहनेछ । प्रेमकथामा बन्न लागेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण