मन्त्रीहरू नै विवादित बाबा भेट्न होटलमा पुगेको भन्दै राष्ट्रियसभामा विरोध
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद्हरूले सदनको गतिरोध लामो समय राखिएकामा चिन्ता व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रण र जनतालाई सेवा दिने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
बैठकमा दलीय आधारमा समसामयिक विषयमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का सुरेश आलेमगरले सदनमा प्रतिपक्षले मात्रै अवरोध गर्ने संस्कारको अन्त्य हुनुपर्ने बताए। नेकपा (एमाले) का देवेन्द्र दाहालले एक भारतीय विवादित बाबालाई नेपालमा अनावश्यक सम्मान दिइएको र मन्त्रीहरू नै उनलाई भेट्न होटलमा लाइन लागेर गएको भन्दै विरोध व्यक्त गरे ।
नेपाली कांग्रेसका प्रकाश पन्थले प्रमुख प्रतिपक्ष दल सदनमा जिम्मेवारी रुपमा प्रस्तुत भई सरकारलाई जवाफदेही बनाउन पर्नेमा जोड दिए । एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) ले सुदूरपश्चिमको भीमदत्त राजमार्गको बुढीतोलामा सडक नराम्ररी भासिएकाले छिटो र प्रभावकारी पुनःनिर्माण गर्न आग्रह गरिन् ।
एमालेका डा विमला राई पौडेलले ‘कामना’ मासिक पत्रिकाले गाईजात्रा नामक अङ्कमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग महिलाको पाठेघरलाई जोडेर गरिएको व्यङ्ग्यप्रति आपत्ति जनाइन् । सांसद् वामदेव गौतमले सदनलाई यसरी अवरोध गर्नै कुरा जनताको बहुदलीय जनवादको विचारसँग मेल नखाने टिप्पणी गरे । सांसद् डा खिमलाला देवकोटाले विपक्षीले अवरोध र सरकारले विजनेश नदिएर सदनलाई अर्थहीन बनाउने कोसिस गरिएको धारणा राखे ।
सांसद्हरू शेखरकुमार सिंहले खडेरीमा बिउबिजन नष्ट भएर समस्या भोगेका किसानलाई राहत दिन माग गरे। सांसद् तुलप्रसाद विश्वकर्माले विगतमा पनि सुन तस्करीको घटनामा उच्चस्तरीय आयोग गठन भए पनि परिणाम नआएकाले अहिले आयोग गठनकको माग गर्नु सान्दर्भिक नहुने जिकिर गरे ।
सभाका आज अन्य कुनै कारवाही भएन । राष्ट्रियसभाको अर्काे बैठक यही भदौ १० गते आइतबार दिउँसो १ः ०१ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण