दुर्घटना
धादिङको गजुरी बजारनजिकै त्रिशुलीमा बस खस्यो
बुधबार, ०६ भदौ २०८०, ११ : ४८
काठमाडौँ । धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।
यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवारका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ः १० बजे दुर्घटनामा परेको हो ।
गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे मा पर्ने छहरा झरना नजिकै दुर्घटनामा परेको उनकाे भनाइ छ । दुर्घटनामा परेको बसमा कति यात्रु थियो भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण