मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालबाट हुने हिंसा सहन बढी शक्ति चाहिन्छ : अभिनेत्री मानन्धर

बिहीबार, ०७ भदौ २०८०, १६ : ३९
बिहीबार, ०७ भदौ २०८०

ललितपुर ।  अभिनेत्री करिश्मा मानन्धरले दैनिक जीवन काम भन्दा पनि सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नुपर्ने अवस्था रहेको बताएकी छन् । बिहीवार मिडिया एड्भोकेसी गु्रपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा सामाजिक सञ्जालबाट आफूले भोगेको अनुभव सुनाउँदै यस्तो बताएकी हुन् । 

उनले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आफू बिरुद्ध हुने प्रहार सहजिकरण गर्ने दैनिक काममा भन्दा बढी इनर्जि खर्च गर्नु परिरहेको बताइन् । उनले सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको बताए ।

उनले आफू भन्दापनि अरुको कारणले आफलाई धेरै पटक मिडियाहरुले नराम्रो बनाइदिने काम गरेको बताइन् । उनले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न सबैले पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताइन्  ।

उनले एकजना पुरुष चरित्र र कामको बारेमा मात्रै आलोचित हुने गरे पनि महिला धेरै विषयमा पीडित रहेको बताइन् । उनले पछिल्लो समय सामाजिक सञ्जाल अनसिन प्लेटफर्म ठानेर सबै तीतो पोख्ने गरिएको बताइन् ।

मानन्धरले हामीले यसलाई कानुनी मात्रै नभएर रोगी समाज निर्माण गरिरहेको बताइन् । उनले साइबर क्राइम नियन्त्रण गर्न कानुन मात्रै पर्याप्त नभएको बताइन् । 

सामाजिक सञ्चाल दुरुपयोग गर्नेहरुलाई साइबर सम्बन्धि अभिमुखिकरण गर्नुपर्ने बताउँदै उनले सार्वजनिक स्थानमा दुई तीन वटा मिडिया ल्याएर मानिसहरुलाई ह्यारेसमेन्ट हुने गरेको बताइन् । अभिनेत्री मानन्धरले जथाभावी लेख्ने र सामाजिक सञ्जालमा दुरुपयोग गर्ने पत्रकारलाई पनि सरकारले नियमन गर्नुपर्ने सुझाव दिइन्  ।

पत्रकारले समाजलाई संस्कार सिकाउनुपर्ने भन्दै अरुलाई बाटो देखाउनुपर्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप