अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
सारांश
- अमेरिकाले इरानमाथि जारी सैन्य कारबाहीलाई तीव्र बनाउँदै पहिलो पटक बी–१ लामो दूरीको रणनीतिक बमवर्षक विमान प्रयोग गरेको छ ।
- यो कदम १२ दिनअघि पुनः सुरु भएको अमेरिका–इरान द्वन्द्वयताको सबैभन्दा ठुलो सैन्य विस्तारमध्ये एक मानिएको छ ।
- बी–१ बमवर्षकले बेलायतस्थित अमेरिकी सैन्य अड्डाबाट आफ्नो अभियान सुरु गरेको भए पनि इरानभित्र कुन लक्ष्यमा आक्रमण गर्यो भन्ने विषय आधिकारिक रूपमा खुलाइएको छैन ।
वासिङटन डीसी । अमेरिकाले इरानमाथि जारी सैन्य कारबाहीलाई थप तीव्र बनाउँदै पहिलो पटक लामो दूरीको रणनीतिक बी–१ बमवर्षक विमान प्रयोग गरेको समाचार सार्वजनिक भएको छ । इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्टले एक्सियोसलाई उद्धृत गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।
साे पत्रिकाले जनाएअनुसार यो कदम १२ दिनअघि पुनः सुरु भएको अमेरिका–इरान द्वन्द्वयताको सबैभन्दा ठुलो सैन्य विस्तारमध्ये एक मानिएको छ ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार बी–१ बमवर्षकले बेलायतस्थित अमेरिकी सैन्य अड्डाबाट आफ्नो अभियान सुरु गरेको थियो । विमानको उडान मार्ग सार्वजनिक विमान ट्र्याकिङ वेबसाइटहरूमा देखिएको भए पनि त्यसले इरानभित्र कुन लक्ष्यमा आक्रमण गर्यो भन्ने विषय आधिकारिक रूपमा खुलाइएको छैन ।
बी–१ ल्यान्सर अमेरिकी वायुसेनाको लामो दूरीसम्म उडान भरेर ठुलो मात्रामा परम्परागत बम बोक्न सक्ने शक्तिशाली रणनीतिक बमवर्षक विमान हो । यसको प्रयोगले अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई अझ उच्च स्तरमा पुर्याएको विश्लेषण गरिएको छ ।
यद्यपि, अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमले रातभर सञ्चालन गरिएका हवाई आक्रमणबारे जारी गरेको आधिकारिक वक्तव्यमा बी–१ बमवर्षकको प्रयोगबारे कुनै उल्लेख गरेको छैन ।
हालसम्म अमेरिकी रक्षा मन्त्रालयले पनि उक्त विमानले कुन स्थानमा आक्रमण गर्यो वा अभियानको उद्देश्य के थियो भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण