शुल्क वृद्धिले आन्दोलित इन्जिनियरिङ विद्यार्थी : ‘बा ले ८ लाखमा बिहे उम्काइदिन्छु भनिसके’ (फोटो/भिडियो)
काठमाडौँ । चर्को शुल्क वृद्धि गरेको भन्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धिको विरोधमा इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालय समेत रहेको पुल्चोक क्याम्पसमा विद्यार्थीहरुले आन्दोलन चर्काएका छन् ।
बीईको शुल्क ३ लाख १८ हजारबाट ७ लाख ७७ हजार पुर्याएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । बिहीबार अनेरास्ववियुका विद्यार्थीहरूले डिनको कार्यालय अगाडि नाराबाजी गर्दै शुल्क वृद्धिको विरोध गरेका छन् ।
पहिलेकै शुल्क यथावत कायम राख्न माग गर्दै नेविसंघ पुल्चोक क्याम्पस इकाई सभापति शुलभ चापागाईँले आमरण अनशन थालेको ३ दिन पुगेको छ । उनी डीन कार्यालयको ढोकैमा ब्यानर राखेर आमरण अनसनमा बसिरहेका छन् ।
उनीरुले प्ले कार्डमा ‘ह्या हुनदेउ, खेत बेचेर नेपालमा इन्जिनियरिङ पढ्नुभन्दा विदेश जान्छु बरु’, बा ले ८ लाखमा तेरो बिहे उम्काइदिन्छु भनिसके’ जस्ता कुराहरु लेखेर प्रदर्शन गरेका थिए । उनीहरुले सातवटै प्रदेशमा इन्जिनियरिङ आङ्गिक क्याम्पस खोल्न समेत माग गरेका छन् ।
शुल्क वृद्धिपछि पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा रहेका आङ्गिक क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरू नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतले विरोध गरिरहेका छन् । विद्यार्थीहरुले आन्दोलन थाले पनि डीन कार्यालयले वार्ताका लागि नबोलाएको बरु डीन मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पनि संसदमा यसबारे आवाज उठाएका छन् । पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरे ।
_HRWBazf59w.jpg)
२ सय प्रतिशत शुल्क वृद्धि गरिएको बताउँदै इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने अध्ययन संस्थामा अनुचित शुल्क वृद्धि भएको बताएका थिए ।
तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरुको मागलाई पूरा गर्न ध्यानाकर्षण सांसद पौडेलले सरकारको ध्यानाकर्षण गराएका थिए ।
_d3nQTpVJVa.jpg)
_8uFCpNmZQe.jpg)
_FAPfV6BTKC.jpg)
_2HICTATYPR.jpg)
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण