नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : नेता कोइराला
-001_RohK3Tix42.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताए ।
नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको र अपराधको घटनामा विदेशी नागरिक समेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरुको अखडा बन्दै गएको आफूले बुझेको उनले बताए । अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको उनले बताए । अपराध र भ्रष्टाचार रोक्न नेपाली कांग्रेसले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने बताए ।
नेता कोइरालाले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्ने काम कांग्रेस बाहेक अरुले गर्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा