विद्युत् कार्यालयको आगलागी नियन्त्रणमा
शुक्रबार, ०८ भदौ २०८०, १३ : ४६
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ ।
नेपाल प्रहरी, स्थानीय, वारुणयन्त्रको दुई वटा दमकल तथा एउटा पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढङ्गेलले जानकारी दिए ।
वनस्थलीस्थित विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनको चौथो तलामा आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण