सकुम्बासी बस्ती डुवानमा, सशस्त्र प्रहरीद्वारा उद्धार
शुक्रबार, ०८ भदौ २०८०, १५ : ४२

बाँके । अबिरल बर्षाका कारण बाँकेको नेपालगंज उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्ती डुबानमा परेको छ । सशस्त्र प्रहरीले प्रभाविजत बासिन्दाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
शुक्रबार विहान बस्ती डुवानमा परी मानिसहरु बाहिर निस्कन नकसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट आवश्यक उद्धार सामाग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु समेत सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
-
चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?