प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त
काठमाडौँ । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो पदमा नियुक्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मानन्धरले शुक्रबार नै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै श्रेष्ठले मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरे ।
स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर पनि काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण