एकीकृत समाजवादीको युवा सङ्गठनमा चरम विवाद, दुवै गुटको भेलामा माधव–झलनाथ नजाने
शनिबार, ०९ भदौ २०८०, १२ : ४६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को भातृ सङ्गठन युवा संघ नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा दुई गुटले बोलाएको भेलामा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल संवोधनका लागि नजाने भएका छन् ।
सङ्गठनका अध्यक्ष नरेश शाहीको गुटले काठमाडौँको कालोपुलमा भेला गरिरहेको छ भने उपाध्यक्ष नितेश पौडेलले बानेश्वरको अर्याल होटेलमा भेला गरिरहेका छन् ।
लामो समयदेखि आन्तरिक विवादमा रहेको युवा सङ्घ नेपालभित्र भुसको आगोको रूपमा फैलिएको विवाद मिलाउन पार्टी सचिवालयलाई दिइए पनि सचिवालयले मिलाउन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण