एमालेप्रति माधवको कटाक्ष : हाम्रो पार्टी विस्तार हुँदा कतिपयको नीद हराम भएको छ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी बिस्तार हुँदै गएकोमा नेकपा एमाले आतङ्कित बनेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यलाई पुष्टि गरेको दाबी गरेका हुन् ।
उनले नेकपा एमालेप्रति इङ्गित गर्दै आफ्नो पार्टीको उपस्थिति राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चा लगायत जुन कुनै स्थानमा अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको नीद हराम भएको भन्दै टिप्पणी गरे । उनले आफूहरू विध्वंसक नभएकाले आतङ्कित नहुन आग्रहसमेत गरे ।
उहाँले भन्नुभयो, ‘चाहे समाजवादी मोर्चा, चाहे राष्ट्रिय गठबन्धनको कुरा गरौँ, जुनसुकै ठाउँमा हाम्रो पार्टीको उपस्थिति अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको नीद हराम भएको छ । हाम्रो पार्टीको विस्तार होला भनेर आतङ्कित पनि भएका छन् । ति आतङ्कित भएकाहरूलाई भन्न चाहन्छु धेरै आतङ्कित नहुनुस्, हामी विध्वंसक शत्रु होइनौँ, हामीलाई शत्रु ठान्नुपर्ने केही आवश्यकता छैन । हामी त शत्रु ठान्दैनौँ । हामी तपाईँको गलत प्रवृत्तिलाई मात्रै इङ्गित गरिरहेका छौँ । सुधार गर्नुहोस्, तपाईँहरूको रवैयाले कम्युनिस्ट आन्दोलन ओरालो लागेको छ । तपाईँको रवैयाले नेपाली राजनीतिमा निराशा पैदा भएको छ, तपाईँको रवैयाले नै वास्तवमा जनतामा राजनीतिप्रति वितृष्ण बढिरहेको छ ।’
अध्यक्ष नेपालले समाजवादी शक्ति एक ठाउँमा ल्याएर नेपालमा कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण