सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा डिजिटल बीमाको शुभारम्भ

आइतबार, १० भदौ २०८०, १७ : १०
आइतबार, १० भदौ २०८०

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न  स्पिल–डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज वीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको यो प्रप्रविधिको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनवाटै वीमालेख खरिद गर्न सक्नेछन् ।

यस्तै निश्चित रकम सम्मको वीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सकिनेछ ।  नेपाल वीमा प्राधिकरणका अध्यक्षसूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्षसुरेशलाल श्रेष्ठले संयुक्त रुपमा एक समारोहका विच यो प्रणालीको शुभारम्भ गरे । 

शुभारम्भ समारोहलाई सम्वोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सरहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए । 
यस्तै कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी वीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप