बर्नलीलाई हराएपछि एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल खेलेर फर्कँदै गरेको एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार गरिएको छ । स्थानीय प्रहरीले विपक्षी टोलीका समर्थकले इँटा प्रहार गरेको हुनसक्ने अनुमान गरेको छ ।
इङ्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा एस्टन भिल्लाले बर्नलीलाई उसैको घरेलु मैदानमा ३—१ गोलले हराएको थियो । खेल जितेर फर्कँदै गरेका खेलाडीहरू चढेको बसमा इँटा प्रहार गरिएको थियो । इँटा प्रहारबाट बसको अगाडिको सिसा फुटेको समाचारमा जनाइएको छ ।
बर्नलीले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । ‘यो निकै खेदजनक घटना हो । धन्य, घटनामा कसैलाई चोट लागेको छैन,’ बर्नलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बर्नलीले घटनाको छानबिन हुनुपर्ने माग पनि गरेको छ ।
स्थानीय प्रहरीका अनुसार, खेल सकिएलगत्तै सडकमा ट्राफिकको चाप बढेको थियो । एस्टन भिल्लाका खेलाडी चढेको बस पनि ट्राफिकमा फसेको थियो । त्यसैबेला खेलाडी चढेको बसमाथि इँटा प्रहार भएको थियो । ‘घटनामा कोही पनि गम्भीर रूपमा घाइते भएका छैनन्,’ प्रहरीले भनेको छ ।
जारी सिजनको लिगमा बर्नलीले हालसम्म दुई खेल खेलेको छ । बर्नलीले दुवै खेल घरेलु मैदानमा खेलेको हो । आफ्नो पहिलो खेलमा बर्नली बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । घरेलु मैदानमा दुवै खेलमा पराजित भएपछि बर्नलीका समर्थक आक्रोशित बनेका छन् ।
यसअघि म्यानचेस्टर सिटीविरुद्घको खेलमा पनि बर्नलीका समर्थकले उपद्रो गरेका थिए । म्यानचेस्टर सिटीसँगको खेलका क्रममा बर्नलीका समर्थकले मैदानमा बोतल, लाइटरजस्ता सामाग्री फालेका थिए । समर्थकले फालेको लाइटरले म्यानचेस्टर सिटीका डिफेन्डर रिको लेविसलाई चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण