चार दिनदेखि सुनको मूल्य स्थिर
सोमबार, ११ भदौ २०८०, १० : ५९
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत ४ दिनदेखि सुनको मूल्य स्थिर कायम भएको छ । महासंघका अनुसार गत साताको बिहीबारदेखि सुनको मूल्य स्थिर कायम भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम छ । गत साताको बिहीबारदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।
सुनको मूल्य ४ दिनदेखि स्थिर कायम भएपनि आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज ५ रुपैयाँले घटेर तोलामा १४ सय ६० रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण