एमालेले अन्य प्रतिपक्षीको मतलब गरेन : सन्तोष परियार
मङ्गलबार, १२ भदौ २०८०, १८ : ५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अन्य प्रतिपक्ष दलहरूलाई मतलब नगरी समिति सभापति लिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरुलाई कुनै मतलब नै नगरी समिति सभापति लिएर गल्ती गरेको बताए । उनले एमालेले मै लाऊँ मै खाऊँ भन्नेजस्तो व्यवहार गरेको बताए ।
प्रमुख सचेतक परियारले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताए । उनले संसद्लाई प्रभावशाली र गतिशील बनाउन नभई संकुचन गराउने प्रयास भएको उनको भनाइ छ ।
प्रमुख सचेतक परियारले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भएपनि आफूहरुले नलिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण