शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमालेले अन्य प्रतिपक्षीको मतलब गरेन : सन्तोष परियार

मङ्गलबार, १२ भदौ २०८०, १८ : ५१
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अन्य प्रतिपक्ष दलहरूलाई मतलब नगरी समिति सभापति लिएको बताएका छन् ।  

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरुलाई कुनै मतलब नै नगरी समिति सभापति लिएर गल्ती गरेको बताए । उनले एमालेले मै लाऊँ मै खाऊँ भन्नेजस्तो व्यवहार गरेको बताए । 

प्रमुख सचेतक परियारले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताए । उनले संसद्लाई प्रभावशाली र गतिशील बनाउन नभई संकुचन गराउने प्रयास भएको उनको भनाइ छ ।

प्रमुख सचेतक परियारले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भएपनि आफूहरुले नलिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप