प्रचण्डले भने–‘हिजो विद्रोहको नेतृत्व गरेँ, आज शान्तिको नेतृत्व गर्दैछु’
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो विद्रोको नेतृत्व गरेको स्मरण गर्दै अहिले शान्तिको नेतृत्व पनि आफूले गर्ने जिकिर गरेका छन् । शनिबार ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन गर्दै उनले शान्तिको नेतृत्व पनि आफूले गर्ने जिकिर गरेका हुन् ।
अध्यक्ष प्रचण्डले भावुक हुँदै भने, ‘मेरो बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्नेछु । समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु ।’ आजदेखि सुरु भएको विशेष रुपान्तरण अभियानले माओवादी फेरि बलियो शक्ति बनाउने विश्वास लिएका छन् ।
उनले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई माओवादी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनको भनाई छ ।
सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण