श्रुति तिवारी गोल्छा ग्रुपद्वारा प्रस्तुत 'ग्लोकल टीन हिरो नेपाल २०२३' उपाधिबाट सम्मानित
काठमाडौँ । ग्लोकल प्रालिद्वारा आयोजित “ग्लोकल टीन हिरो २०२३”को उपाधि श्रुति तिवारीले जित्न सफल भएकी छिन् । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौँ संस्करण हो ।
शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा शनिबार अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२३ को घोषणा द सोल्टी काठमाडौमा गरिएको थियो ।
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आर्यन सिग्देल तनहुँ, अतिथ अधिकारी, बाँके, माधव खनाल लमजुङ, निराजन रिमाल काठमाडौँ, प्रीति पन्थ गुल्मी र श्रुति तिवारी धनुषाबीच प्रतियोगिताको विजेता चयन गरिएको थियो ।
श्रुति तिवारी समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पणलाई देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलहरूमा सक्रिय रूपमा संलग्न छिन् । बालअधिकारका लागि उनले बालविवाह र दुर्व्यवहारको बारेमा सचेतना जगाएकी छिन्, र बालबालिकाको भविष्य सुरक्षित गर्न एकिक्रिट चाइल्ड क्लब जस्ता संस्थाहरूसँग साझेदारी गर्दै छिन् । उनको बाल अधिकारको लागि संलग्न हुनुले बालबालिकाको सुरक्षा र भविष्यको लागि गरेको प्रयासलाई दर्साउँछ । विवाह परिप्रेक्ष्यमा बालविवाह र दुर्व्यवहारको खिलाफ सचेतना जगाउन उनको योगदान अत्यधिक महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण