ताप्लेजुङ गोल्डकप : दार्जिलिङ र विर्तामोडबीच प्रतिस्पर्धा हुँदै
ताप्लेजुङ । यहाँ जारी ताप्लेजुङ गोल्डकप अन्तर्गत आज पहिलो चरणको अन्तिम खेलमा र दिउँसो रेड स्टार फुटबल क्लब विर्तामोड तथा युनाईटेड खर्साङ दार्जिलिङका बीचमा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ ।
सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा खेल सुरु हुनेछ । आज पहिलो चरणका खेल सकिएसँगै सोमबारदेखि सेमिफाइनलका खेल सुरु हुनेछन् । यसअघि शनिबार भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २‐० ले पराजित गर्दै पथरी ११ मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल प्रवेशका लागि मोरङका दीपक राईले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको ४५औँ मिनेटमा नीरज परियारले दोस्रो गोल गरेका थिए । प्रतियोगिताको पहिलो दिन घरेलु टोली मानाभरा युथ क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ भने शुक्रबार इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।
रेडहर्ष दमकको गोर्खा स्पोर्टिङ क्लबलाई २‐० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण